बर्दिया प्रहरीले प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठग्दै हिँडेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
ठाकुरबाबा नगरपालिका–९ का १९ वर्षीय अर्जुन रोकाया पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालका अनुसार रोकायाले आफू प्रहरी सहायक निरीक्षक रहेको भन्दै विभिन्न व्यक्तिलाई ठगेको गुनासो आएको थियो।
विभिन्न होटल तथा रेस्टुरेन्टमा खाजा खाएर व्यवसायीलाई धम्क्याउने र पैसा समेत नदिएको आरोप पछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका रोकायामाथि आवश्यक अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।