श्वासप्रश्वासको समस्या देखिनुको प्रमुख २ कारण हुन्छ।
एउटा हाम्रो आफ्नै स्वभाव हो। जसअन्तर्गत खैनी, सुर्ती, चुरोट लगायतको सेवन पर्छ।
अर्को काम गर्ने पेसा हो। जस्तो: उद्योगमा,धुवाँ/धुलोमा काम गर्नेहरूलाई श्वासप्रश्वासको समस्या हुन्छ। त्यसैले काम गर्ने क्रममा हामीले जोगिने उपायहरू गर्नुपर्छ।
त्यस्तै संक्रामक रोगले गर्दा श्वासप्रश्वासमा समस्या देखिन्छ। जस्तो मौसम परिवर्तनका बेला देखिने भाइरल, निमोनिया लगायतका समस्या देखिन सक्छ। जसले श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ।
अर्को वंशाणुगत कारणले पनि श्वासप्रश्वासको समस्या हुन्छ। जस्तो: बुवाआमालाई कुनै खालको समस्या थियो भने त्यो बच्चाहरूलाई सर्न सक्छ। त्यस्तै जन्मजात समस्या पनि हुन्छ।
धूमपान गरिरहेका छौं र धुवाँ धुलोमा काम गरिहरेका छौं भने यो रोग लाग्न सक्छ।
विशेष गरेर श्वासप्रश्वासको रोग नलागेकाहरूले आफ्नो बानी व्यवहारमा ख्याल गर्नुपर्छ। तर रोग लागिसकेको छ आज्मा, सिओपिडी, आइएलडी भइसकेको छ भने सुरूआती अवस्थामा थाहा पाउन सके उपचार गरेर निर्मूल पार्न सकिन्छ।
कतिपय रोग लाग्नसाथ उपचार गर्यो भने निको हुन्छ तर लामो समयसम्म रहिरह्यो भने दीर्घ रोग पनि हुनसक्छ। सुरूआती अवस्थामै उपचार गर्यो भने निको समेत हुन सक्छ। त्यही भएर लक्षण आउनसाथ नजिकको स्वास्थ्य संस्थामा उपचार गर्नुपर्छ।
श्वासप्रश्वास रोग अन्तर्गत कसैलाई निमोनिया भयो भने ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, खकारहरू धेरै आउने, छाती दुख्ने जस्ता समस्या देखिन्छ। कहिलेकाहीँ उमेर अनुसार विभिन्न खालका लक्षणहरू फरक/फरक तरिकाले देखिन्छ।
दम, आज्माका बिरामीलाई सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने अनि पानी पर्ने, बादल लाग्ने हुँदा थप गाह्रो हुन सक्छ।
निमोनिया, टिबी, आज्मा लगायतका रोगहरू उपचारबाट निको हुन्छ। सिओपिडी, आइएल्डी लगायतलाई भने उपचार गरेर बढ्न नदिने हो।
सास फेर्न गाह्रो हुनसाथ श्वासप्रश्वासकै समस्या भनेर बुझ्न हुँदैन। कहिलेकाहीँ फोक्सो, मुटु, कलेजो र मिर्गौलाको समस्याले समेत हुन्छ। त्यसैले स्याँस्याँ हुनसाथ फोक्सोकै रोग भन्ने हुँदैन।
काठमाडौं लगायतका कतिपय ठाउँहरूमा भने धुवाँ धुलो र वायु प्रदूषणको कारणले पनि श्वासप्रश्वासमा समस्या देखिन्छ।
काठमाडौंको कुरा गर्दा यहाँ धुवाँ धुलो त सधैं हुन्छ। तर कहिलेकाहीँ वायु प्रदूषण निकै मात्रामा बढी हुन्छ। केही समय अघि सर्वसाधारणको जनजीवनमै असर पर्ने गरी वायु प्रदूषण भएको थियो। सामान्यतया फागुन चैत महिनामा यस्तो हुन्छ।
सरकारले वायु प्रदूषणलाई कम गर्न आफ्नो तहबाट धेरै गर्न सक्छ। जस्तो: औद्योगिक क्षेत्रहरू सहरदेखि टाढा बनाउने हो कि के गर्ने हो भनेर सोच्न जरूरी छ। पेट्रोल गाडीको सट्टा विद्युतीय गाडीमा जाने हो कि भन्ने मापदण्ड बनाउनुपर्ने हुन्छ।
तर सरकारले केही नगरेको अवस्थामा आम नागरिकले के गर्ने भन्ने हो।
वायु प्रदूषण भएको बेला अत्यावश्यक भए मात्र निस्कनु पर्छ। बाहिर निस्किएको अवस्थामा मास्क लगाएर निस्किने अनि गाडीमा हो भने झ्यालहरू खोल्न हुँदैन।
नागरिकको स्तरबाट प्रदूषण बढ्ने काम गर्नु भएन। जस्तो: आगो फुक्ने, निर्माणको काम गर्ने लगायत गर्नु हुँदैन। अर्थात् धुलो उत्पादन नहुने गरेर काम गर्नुपर्छ।
प्रदूषणको समयमा बाहिर निस्किन पर्दा प्रदूषण भएको ठाउँमा कम जाने अनि जानै परेमा मास्क लगाउनु पर्छ।
मास्क लगाएर प्रदूषणलाई भित्र जान दिनु हुँदैन।
प्रदूषण बढेको बेला घाम नलाग्ने, बादल लाग्ने भइरहेको हुन्छ। आँखा पोल्न थाल्ने, नाक चिलाउने हुन्छ अनि अर्को कुरा यस्तो बेलामा सञ्चार माध्यमबाट समेत थाहा पाउन सकिन्छ। पानी पर्नसाथ प्रदूषण घट्छ।
पानी परेको बेला प्रदूषणको दृष्टिकोणबाट मास्क लगाउनु पर्दैन। तर मास्कको अरू फाइदा हुने र श्वासप्रश्वासको समस्या समेत कम हुन्छ।
प्रदूषणको समयमा श्वासप्रश्वासको समस्या समेत धेरै देखिन्छ।
(नर्भिक अस्पतालमा कार्यरत छाती तथा निन्द्रा रोग विशेषज्ञ डा.अच्युतभक्त आचार्यसँग हामीले श्वासप्रश्वासमा देखिने विभिन्न समस्या र यसको उपचारबारे भिडिओ कुराकानी गरेका छौं।)