तनहुँमा बस र टिपर आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।
बन्दिपुर गाउँपालिका-४ गोरे चौतारस्थित पृथ्वी राजमार्गको सडक खण्डमा बस र टिपर आपसमा ठोक्किँदा ७ जना घाइते भएका हुन्।
मंगलबार बिहान सवा ७ बजे रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आएको बागमती प्रदेश ०१-००१ अ-यो ००२७ नम्बरको टिपर आसपमा ठोक्किएका हुन्।
रूकुम पश्चिम बाँकेकोट गाउँपालिका-७ बस्ने ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका-६ का ३५ वर्षीय चन्द्र बहादुर रावल, सानिभेरी नगरपालिका-४ का १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
त्यस्तै, घाइते हुनेमा रूकुम पश्चिम जिल्ला घर भएका तर पालिका नखुलेको ३५ वर्षीय सर्मिला पाण्डे, बस चालक नुवाकोट मेघा नगरपालिका-५ का ३० वर्षीय संजोग नेपाली, टिपर चालक तनहुँ भानु नगरपालिका-१२ बस्ने ४४ वर्षीय शंकर अधिकारी छन्।
उनीहरूको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।