सशस्त्र प्रहरी बलका प्रवक्ता तथा  सूचना अधिकारीको जिम्मेवारी नायब महानिरीक्षक कालिदास धौवजीलाई दिइएको छ। 
सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनिपतिको जिम्मेवारीमा सरुवा भएपछि धौवजीलाई उक्त जिम्मेवारी दिइएको हो। 
नायबमहानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति  थिए। 
(यसअघि शीर्षकमा अन्यथा परेकाले सच्याइएको छ-सम्पादक)