मंगलबार घामले लुकामारी गरिरहेछ।
बादलको बीचबाट पुलुक्क चिहाउने र पलभरमै हराउने घामको यो लुकामारीले मनसुन यामको झल्को दिएको छ, शीतल छ पर्यावरण।
तर काठमाडौं उपत्यकामा आँखालाई शीतल गराउने अरू दृश्य पनि छन्।
पातै ढाक्ने गरी ढकमक्क फुलेका ज्याकरान्डाको बैजनी दृश्यले काठमाडौं र ललितपुर क्षेत्र सुशोभित भइरहेको छ।
ललितपुरवासी यतिबेला कल्पना गरिरहेका छन्– दरर झरी परेर छ्याङ्ङ उघ्रने हो भनेर कति सुन्दर देखिन्थ्यो होला काठमाडौंको दृश्य। आखिरी वसन्तको यो नीलिमाले आँखालाई कति शीतल दिँदो हो!
हुन पनि अहिले काठमाडौं र ललितपुरका सडक किनार, मन्दिर खोला तट क्षेत्रमा ज्याकरान्डा फुलिरहेका छन्। ज्याकरान्डाका वृक्षमुनि झरेका फूलहरूले सडक–नदी किनार नीर झरेझैं देखिएको छ।
वैशाख महिनाको आधाआधीदेखि फूल्ने र जेठ लाग्दानलाग्दै झरी सक्ने दृश्य कैद गर्न अहिले सौन्दर्य पारखीहरूलाई भ्याइनभ्याइ छ।
आफ्ना महत्त्वपूर्ण काम छाडेर भए पनि ज्याकरान्डाको सौन्दर्यलाई पृष्ठभागमा पारेर फोटो, सेल्फी र भिडिओ खिच्नेहरू सडकको दायाँबायाँ देखिन्छन्।
काठमाडौंको चक्रपथ, कमलपोखरी, चाबहिललगायत क्षेत्र र ललितपुरको एकान्तकुना-सातदोबाटो क्षेत्रमा हिजोआज ज्याकरान्डा फूलको सौन्दर्य देख्न सकिन्छ।
हेर्नुहोस् एकान्तकुना-सातदोबाटो क्षेत्रमा खिचिएको तस्बिरहरू:
-1746506057.jpg)
-1746506053.jpg)
-1746506057.jpg)
-1746506052.jpg)
-1746506056.jpg)
-1746506056.jpg)
-1746506056.jpg)
-1746506056.jpg)
-1746506055.jpg)
-1746506055.jpg)
-1746506055.jpg)
-1746506055.jpg)
-1746506053.jpg)
-1746506054.jpg)
-1746506054.jpg)
-1746506054.jpg)
-1746506054.jpg)
-1746506053.jpg)
-1746506053.jpg)
-1746506052.jpg)