विद्यालय शिक्षा ऐन जारीको माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरेको मंगलबार २८ दिन पुगेको छ।
यसबीचमा सरकारले नेपाल शिक्षक महासंघको वार्ता टोलीसँग संवाद गरिरहे पनि निष्कर्षमा पुगेको छैन।
विगतमा सरकार र महासंघबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकहरूको छ।
सोमबार अर्थ मन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा शिक्षक महासंघका प्रतिनिधिहरूबीच छलफलसमेत भएको थियो।
साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र शिक्षक महासंघका वार्ताकारहरूले गए राति अबेरसम्म पनि छलफल गरेका थिए।
उक्त छलफल सकारात्मक भएको भनिए पनि निष्कर्ष निस्किएको छैन। जसका कारण आज पनि शिक्षकहरू काठमाडौंको माइतीघर-बबरमहल-बानेश्वर सडकमा प्रदर्शनमा छन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयमा गए राति विभिन्न विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन्।
मंगलबार पनि वार्ता गर्ने तयारी छ।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसईई परीक्षा उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित बनेको छ।
ललितपुर महानगरपालिकालगायत केही स्थानीय तहहरूले भने विद्यालय खोलेर पठनपाठन गर्न आग्रह गरिरहेका छन्।
तस्बिरहरू:
-1745913235.jpeg)
-1745913235.jpeg)
-1745913233.jpeg)
-1745913233.jpeg)
-1745913232.jpeg)
-1745913227.jpeg)
-1745913229.jpeg)
-1745913229.jpeg)
-1745913232.jpeg)
-1745913227.jpeg)
-1745913225.jpeg)
-1745913226.jpeg)
-1745913223.jpeg)
-1745913220.jpeg)
-1745913221.jpeg)
-1745913221.jpeg)
-1745913223.jpeg)
-1745913219.jpeg)
-1745913219.jpeg)
-1745913219.jpeg)
-1745913218.jpeg)
-1745913218.jpeg)