श्रीमानसँग विवाद हुँदा काठमाडौंको बालाजुमा एक महिलाले शरीरमा आगो लगाएकी छन्।
बालाजुस्थित जागृती टोलमा बस्दै आएकी ४५ वर्षीया एक महिलाले आफ्नो शरीरमा आफै आगो लगाएको प्रहरीको भनाइ छ।
सोमबार राति पौने बजे श्रीमानसँग उनको विवाद भएको थियो। उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
'उहाँको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ। शरीरको २५ प्रतिशत भाग जलेको छ,' एसपी बोहराले भने, 'विवादको कारण हामीले सोधपुछ गरिरहेका छौं।'
यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।