विगतमा सरकारसँग भएका सहमतिलाई समेट्दै विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरू २७ दिनदेखि आन्दोलनमा छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका करिब २९ हजार सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
माघ २० गतेदेखि आन्दोलन सुरू गरेका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन्।
यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री रघुजी पन्त, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतसँग शिक्षकका प्रतिनिधिहरूले भेटेर कुराकानी गरेका छन् तर समाधान निस्कन सकेको छैन।
विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छ। समितिले विवादित विषयहरूलाई छलफल गरी टुंग्याउन उपसमितिमा छलफल गरिराखेको छ। उपसमितिले अधिकांश विषय टुंग्याइसकेको पनि छ।
यसैबीच आइतबार निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरू र प्रहरीबीच झडप भयो। ६२ जना शिक्षकहरू घाइते भए भने एक जना पत्रकार पनि घाइते भएकी थिइन्।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा ऐन लिएर मात्रै शिक्षकहरू विद्यालय फर्कने बताइरहेका छन्। आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षासमेत प्रभावित बनेको छ।
सोमबारको प्रतिनिधि सभामा सांसदहरूले शिक्षकहरूमाथि राज्यले बल प्रयोग गर्न नहुनेमा जोड दिएका थिए।
तस्बिरहरू:
-ink-1745825458.jpeg)
-ink-1745825458.jpeg)
-ink-1745825456.jpeg)
-ink-1745825456.jpeg)
-ink-1745825456.jpeg)
-ink-1745825456.jpeg)
-ink-1745825454.jpeg)
-ink-1745825454.jpeg)
-ink-1745825454.jpeg)
-ink-1745825454.jpeg)
-ink-1745825453.jpeg)
-ink-1745825453.jpeg)
-ink-1745825452.jpeg)
-ink-1745825452.jpeg)
-ink-1745825452.jpeg)
-ink-1745825452.jpeg)
-ink-1745825451.jpeg)
-ink-1745825451.jpeg)
-ink-1745825451.jpeg)
-ink-1745825451.jpeg)