काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रने यात्रुहरूलाई नागढुंगाको जामले दिकदार बनाउँछ।
नागढुंगा-नौबिसे सडक स्तरोन्नतिका काम भइरहेकोले पानी पर्दा हिलो र घाम लाग्दा घुलोले सताउँछ, यात्रुहरूलाई हैरान पनि पारेको छ।
सवारी चालकहरू र यात्रुहरूको विकल्पमा केही समयदेखि सीतापाइला-भीमढुंगा-धार्के सडक रोजाइमा पर्न थालेको छ।
नागढुंगा-नौबिसे सडक खाल्डाखुल्डी छ। त्यसैले पनि निजी सवारी साधनहरू प्रयोगकर्ताहरूले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। यात्रुवाहक माइक्रोलगायत सवारी साधन पनि यही सडक खण्ड भएर चल्न थालेका छन्।
नागढुंगाको जाम र खाल्डाखुल्डी छल्न पनि सीतापाइला-भीमढुंगा-धार्के सडकको प्रयोग बढ्दो छ। सीतापाइलादेखि भीमढुंगा निस्केर धार्के झर्ने सडक २४ किमी दूरीको छ।
तस्बिरहरू:
-1745211309.jpg)
-1745211307.jpg)

-1745211309.jpg)
-1745211310.jpg)
-1745211310.jpg)
-1745211309.jpg)
-1745211309.jpg)
-1745211308.jpg)
-1745211308.jpg)
-1745211308.jpg)
-1745211308.jpg)
-1745211307.jpg)
-1745211307.jpg)
-1745211307.jpg)
-1745211306.jpg)
-1745211306.jpg)
-1745211306.jpg)
-1745211306.jpg)