मधेस प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको छ।
मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार प्रदेश सभा बैठक शनिबार मध्यरातिदेखि अन्त्य भएको हो।
नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।