नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आलोकनगरस्थित पार्टी कार्यालय राखिएको छ।
बिहीबार बिहान ३ः४५ बजे निधन भएका सापकोटाको पार्थिक शरीरमा अहिले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालले पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
संविधान सभा सदस्यसमेत रहेका सापकोटाको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ।
ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते काठमाडौंको हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना भएका थिए।
२०२२ साल भदौ २२ गते जन्मिएका सापकोटा नेकपा (एमाले) काभ्रेपलाञ्चोकको १४ वर्ष पार्टी प्रमुख भएका थिए।
उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए।
त्यसअघि तीन पटक उम्मेदवार भए पनि चुनाव जित्न भने सकेका थिएनन्।
काभ्रेका पुराना वामपन्थी नेता सापकोटा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। उनी एकीकृत समाजवादीको पोलिटब्युरो तथा बागमती प्रदेशको सहइन्चार्जसमेत थिए।
५९ वर्षीय सापकोटाका एक छोरी छिन्।
-1740030122.jpeg)
-1740030120.jpeg)
-1740030121.jpeg)
-1740030119.jpeg)
-1740030118.jpeg)
-1740030118.jpeg)
-1740030118.jpeg)