अमेरिकामा यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्।
स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको समाचार संस्था रोयटर्सले जनाएको छ।
जहाज वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङटन नेशनल एयरपोर्टनजिक दुर्घटना भएको हो।
वासिङटन पोस्टले जहाज पोटोम्याक नदीनजिक दुर्घटना घएको र धेरै मानिसहरूलाई नदीबाट बाहिर निकालिएको जनाएको छ। यद्यपि कतिजनाको मृत्यु भएको भन्ने खुलिसकेको छैन।
अमेरिकन एयरलाइन्सले जहाजमा ६० जना यात्रु र चार जना चालक दलका चार सदस्य रहेको जनाएको छ।
सेनाको हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको रोयटर्सले लेखेको छ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी, उद्धारकर्ता र एम्बुलेन्स परिचालन गरिएको छ।