सल्यानमा भिरबाट लडेर गोठालो गएकी एक महिलाको लडेर मृत्यु भएको छ।
सिद्धकुमाख गाउँपालिका–२ की ३६ वर्षीया जानकी चलाउनेको शनिबार बेलुका पाँच बजेतिर भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले सेतोपाटीलाई बताए।
घर नजिकैको जंगलमा गाईबाख्रा चराउन गएकी चलाउने घाँस काटने क्रममा काला भिरबाट झन्डै दुई सय मिटरमुनि लड्न पुग्दा टाउकोको चोट लाग्दा घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए।
जिल्ला अस्पताल सल्यान खलंगामा आइतबार चलाउनेको शव पोष्टमर्टमको तयारी भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।