काठमाडौंको न्यूनतम तापक्रम आज स्थिर छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ।
बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।
काठमाडौंको मौसम दिउँसो मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौंको अधिकतम तापक्रम आज केही घट्ने आकलन छ।
बिहीबार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएको थियो।
आज २१ देखि २३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।
एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम?
गत शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस थियो।
त्यसपछि शनिबार ४.३, आइतबार ५.४, सोमबार ४.४, मंगलबार ६ र बुधबार ६.६ र बिहीबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।