नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले दर्ज्यानी चिन्ह पाएका छन्।
बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा पदोन्नति भएका २५ जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
एसएसपीहरू रमेश थापा, अजय केसी, अनुपम शम्शेर ज.ब.रा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला र होबिन्द्र बोगटीले दर्ज्यानी चिन्ह पाएका छन्।
त्यसैगरी कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्यामकुमार महतो, बेद बिष्ट, शिबकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकालले पनि दर्ज्यानी चिन्ह पाएका हुन्।
बुधबार नै प्राविधिक डिएसपीबाट प्राविधिक एसपी पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक डिएसपी पदमा २ जना गरी तीन जनालाई पदोन्नति गरी दर्ज्यानी चिन्ह प्रदान गरेको हो।
प्राविधिक एसपी राजन सुवेदी, प्राविधिक डिएसपी बुद्वमाया लामा र विकास श्रेष्ठले दर्ज्यानी चिन्ह पाएका हुन्।