सल्यानको एक रिपिटर टावरको मुनि एउटा ग्रिनेड बम फेला परेको छ।
कपुरकोट गाउँपालिका – ४ किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको हो ।
झाडी सरसफाइमा गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार बेलुकीपख ग्रिनेड फेला परेपछि डिस्पोजका लागि नेपाल आर्मीलाई आग्रह गरिएको थियो। भौगोलिक रूपमा दाङसँग सिमाना जोडिएको कपुरकोटको दुरी टाढा भएका कारण आर्मीले मंगलबार नभ्याउने भएपछि बुधबार मात्रै त्यो डिस्पोज गरिने भएको छ।
डिएसपी न्यौपानेका अनुसार घटनास्थल प्रहरीले आर्मी नपुग्दासम्म सुरक्षा दिएर राख्नेछ।
द्वन्द्वकालमा नेपाल आर्मीसहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरहरूको सुरक्षा दिने गर्दथ्यो। त्यही क्रममा त्यो ग्रिनेड छुटेको हुन सक्ने प्रहरीको अनुमान छ।