काठमाडौंको दरबारमार्ग ट्राफिक कार्यालयले दुई पांग्रे सवारी चालकसँग सडकमै सचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
कार्यालयले सडकमै दुई पांग्रे सवारी चालकलाई ट्राफिक नियमसँग सम्बन्धित विषयमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो।
अभियानको सुरूवात आइतबारदेखि भएको छ।
आइतबार अनावश्यक हर्न बजाउन नहुनेबारे दुई पांग्रे सवारी चालकहरूलाई सचेतनामूलक जानकारी गराइएको थियो। हर्न बजाउँदा हुने नोक्सानीबारे जानकारी दिइएको दरबारमार्ग ट्राफिक प्रहरी कार्यालयकी इन्स्पेक्टर गंगा बुढाथोकीले जानकारी दिइन्।
चर्को ध्वनीको असरले रिंगटा लाग्ने, चिड्चिडाहट हुने, कान कराउने, श्रवण क्षमता गुम्दै जाने, एकाग्रता नहुनेजस्ता समस्या हुनसक्ने जानकारी दिइएको थियो।
तस्बिरहरूः