हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
साथै देशका तराई भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
राति पनि कर्णाली र सुदूरपश्चिमका भूभागहरुमा आंशिकदेखि साधारणतया बदली रहने हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।