हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।
तराईका केही भू–भागहरूमा /लागिरहेको छ।
शुक्रबार दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। मधेसको मौसम सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ।
बागमती प्रदेशका सबैजसो भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सफा रहने महाशाखाले बताएको छ।
आगामी २४ घन्टाका लागि बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्नेप्रति महाशाखाले सतर्क गराएको छ।