रुकुम पूर्वबाट झन्डै ६ किलो लागुऔषध चरेशसहित दुई जना महिला पक्राउ  परेका छन्। 
भूमेगाउँपालिका-७  गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया  बुढामगर पक्राउ परेका हुन्। 
उनीहरूलाई  रूकुम पूर्वबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका डिएसपी माधव खरेलले जानकारी दिए। 
उनका अनुसार उनीहरूको साथबाट झन्डै ६ किलो चरेश बरामद भएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए।