जाडो छल्नका लागि जलेवा चराको बथान काठमाडौं आइपुगेका छन्।
जलेवा चरा आइतबार कीर्तिपुर नगरपालिका वडा-६ टौदहमा देखिएका हुन्। मौसमी अनुकूलता हेरेर आवतजावत गर्ने यी चराहरू अहिले टौदहमा आइपुगेका हुन्।
जलेवालाई आगन्तुक चरा पनि भन्ने गरिन्छ। यो चरा हिउँदको समयमा चिसो मौसम छल्नका लागि नेपाल भित्रिन्छन्। मंसिरको सुरूआतीमा भित्रिने यो चरा माघको अन्तिममा फर्किने गरेको पन्छी विज्ञ वेद खड्का बताउँछन्।
'हिमालका विभिन्न तालहरूमा बस्दै न्यायो खोज्दै जलेवा उड्छन्,' उनले भने, 'चिसो बढेसँगै उनीहरू तापक्रमको खोजीमा हिँड्छन्।'
-1734335235.jpg)
उनका अनुसार न्यायो खोज्दै हिँड्ने चरा काठमाडौंमा केहीदिन मात्र बसेर अन्य ठाउँ जान्छन्। उनीहरू तापक्रम घटेसँगै अन्य ठाउँको खोजिहाल्छन्।
उनीहरूको यो प्रक्रिया वार्षिक रूपमा चलिरहन्छ। यो चराको मुख्य बासस्थान उत्तरी ध्रुव हो। उनीहरूको बासस्थानमा चिसो बढेसँगै मौसम छल्नका लागि नेपाल लगायत विभिन्न देशमा पुग्छन्।
यी चराको मुख्य आहार माछा हो। यी करिब ८० देखि १०० सेमी सम्मको हुने गर्छन्। यी धेरैजसो कालो र खैरो रंगको हुन्छ। यिनीहरू समूहमा गुँड बनाएर बस्ने गर्छन्। पानीमा बस्ने भएकाले यसलाई जलेवा भनिएको हो। यसका ३३ भन्दा बढी प्रजातिहरू पाइने गरेको पन्छी विज्ञ खड्का बताउँछन्।
उनीहरू एकैपटक निस्किए पनि आ-आफ्नो समूहमा फरकफरक ठाउँमा पुग्छन् र त्यही ठाउँलाई वार्षिक रूपमा दोहोर्याउँछन्। त्यही क्रममा वर्षौंदेखि जलेवा चरा नेपालमा पनि आउने गरेका छन्।
'यी चराहरूको रमाइलो पक्ष छ। यी चरा दिनभर आहाराको खोजीमा सँगै रहेका जोडी दिन रातमा छुट्टिन्छन्,' उनले भने, 'त्यसले नेपालमा बच्चा काट्नेबारे प्रष्ट थाहा छैन।'
-1734335235.jpg)
यसअघि नेपालमा गुँड बनाएर बच्चा बनाएको भन्ने कुरा पनि आएको थियो। तर यसबारे थप अध्ययन हुन नसकेको उनी बताउँछन्।
उनीहरूको आयु कति हुन्छ, नेपालमा कति समय राख्न सकिन्छ भन्नेबारे अध्ययन भइसकेको छैन। यसरी मौसम अनुसार आउने चराहरू कुनै कुनै जोडी यही बस्छन्। यसरी बस्ने नगन्य हुन्छन्। नत्र जहाँबाट आएको त्यहीँ फर्किन्छन्।
'धेरैजसो आफ्नो पुरानो बासस्थान फर्किन्छन्, जुन बाटो हुँदै आएका हुन्छन् त्यही बाटो फर्किन्छन्,' उनले भने, 'यसबारे थप अध्ययन हुन सकेको छैन।'
यसरी मौसम अनुसार आउने जलेवा, मलर्ड लगायतका चरा पाहुना चरा हुन्। यी चराहरू बेलाबेलामा नेपालमा देखा पर्छन्।
-1734335234.jpg)
यस्ता चराहरू समूहमा आउँछन्। डेढदेखि तीन महिनासम्म बसेर फर्किन्छन्। यसरी आउने पाहुना चरालाई संरक्षण गर्नु आवश्यक रहेको पशु चिकित्सक डा. कमल गैरेले जानकारी दिए।
उनका अनुसार जलेवाको मुख्य बासस्थान हुने देश साइबेरिया हो। यिनीहरू नेपाल भारतदेखि बंगालको खाडीसम्म पुग्छन्। अर्थात् महासागरको उत्तरपूर्वी भागसम्म पुग्छन्।
तस्बिरहरू:
-1734335234.jpg)
-1734335233.jpg)
-1734335233.jpg)
-1734335233.jpg)
-1734335232.jpg)
-1734335232.jpg)
-1734335232.jpg)
-1734335231.jpg)
-1734335231.jpg)