काठमाडौंमा अहिले धमाधम तार भूमिगत गरिँदैछ।
विद्युत प्राधिकरणले काठमाडौंको अनामनगर, रुद्रमती करिडोर क्षेत्रमा ११ हजार र ४ हजार भोल्टेज क्षमताका तारहरू भूमिगत गरिरहेको हो।
केही समयअघिसम्म तार बिछ्याउँदा सडकको किनार पूरै भत्काउनुपर्ने अवस्था थियो। सडक भत्काउँदा बर्खामा पानीको निकास बन्द भएर हिलाम्मे हुने र सुख्यायाममा धुलो उड्ने समस्या थियो।
साथै सवारी आवागमनमा समेत समस्या उत्पन्न हुन्थ्यो।
अहिले हाइड्रोलिक उपकरणले त्यसलाई सहज तुल्याइदिएको छ। हाइड्रोलिक उपकरणले प्वाल पार्न मद्यत गर्छ।
एक ठाउँमा उपकरण राखेर ५० देखि १०० मिटर टाढासम्म प्वाल गर्न सकिने र आवश्यकता अनुसारको गोलाइसमेत बनाउन सकिने हुँदा धेरै बाटो भत्काउन पर्दैन।
काठमाडौंमा २०७६ सालदेखि नै तार भूमिगत तुल्याउन थालिए पनि अझै पूरा भएको छैन। समयमै निर्माण कार्य नसक्दा सवारी आवागमन अवरूद्ध हुने र यात्रुलाई मर्का पर्ने समस्या भने न्यूनीकरण हुन सकेको छैन।
तस्बिरहरू:








