काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रका फुटपाथ विस्तारको काम गरिरहेको छ।
दरबारमार्गका फुटपाथमा ग्रेनाइट राख्ने काम अघि बढाइएको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले बताए।
उनकाअनुसार यो फुटपाथ स्तरोन्नतिमध्येकै एक कार्यक्रम हो।
'दबारमार्ग क्षेत्रलाई थप व्यवस्थित बनाउन ढुंगा हटाएर सबै ठाउँमा एकैनासे ग्रेनाइट हाल्ने काम हुँदैछ,' उनले भने, 'पानी पर्दा नचिप्लियोस् भनेर ग्रिपसहितको ग्रेनाइट हालिएको छ।'
केही समयअघिदेखि महानगरले विभिन्न ठाउँमा फुटपाथ बढाएर स्तरोन्नतिको काम गर्दै आएको छ।
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।