पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ।
वायु प्रदूषण बढेसँगै काठमाडौंका आकाश धुम्म देखिएको छ। सामान्यतया असोजदेखि माघको उत्तरार्द्धसम्म वायु प्रदूषण सघन बन्छ।
कम पानी पर्ने, हावाको गति कम हुने र तापक्रमसमेत घट्ने गर्छ। यही याम पहाडी, उच्च पहाडी भेगमा खेतीपाती गरिने हुनाले खेतबारीमा घाँसपात, मकैका ढोड जलाउने गरिन्छ। कतिपय ठाउँमा फोहोरसमेत जलाउने गरिन्छ। यसले वायु प्रदूषण बढाउने गरेको छ।
काठमाडौं उपत्यकामा भने उद्योगधन्दा, कलकारखाना, सवारी साधनबाट निस्कने हानिकारक धुवाँले वायु प्रदूषण निम्त्याउने गरेको छ। त्यसका अतिरिक्त सहरी क्षेत्रमा बढ्दो विकास–निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढावा दिएको छ।
प्रदूषण विश्वव्यापी नै समस्याको रूपमा छ। विश्वका सहरहरूको वायु शुद्धताको अभिलेख राख्ने पोर्टल आइक्यु एयरका अनुसार बुधबार प्रदूषित सहरको सूचीमा भारतको कोलकाता पहिलो नम्बरमा छ। कोलकाताको वायु शुद्धता सूचकांक (एक्युआइ) ३८४ छ।
दोस्रोमा बोस्निया हर्जगोभिनाको सराजेवो दोस्रो स्थानमा अर्थात् त्यहाँको एक्युआई ३१५ छ। तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ। त्यहाँको एक्युआई २९६ छ।
सातौं स्थानमा रहेको नेपालको एक्युआई १८६ छ।
काठमाडौंको रत्नपार्कको वायुको गुणस्तर निकै कमजोर छ। त्यहाँको एक्युआई पछिल्लो एक घन्टामा १७७ पुगेको छ । ललितपुरको खुलमटारको एक्युआई पछिल्लो एक घन्टाको १७४, चितवनको भरतपुरको १६६ र भक्तपुरको १६२ छ।
तस्बिरहरू:
-1732682863.jpg)
-1732682863.jpg)
-1732682862.jpg)
-1732682862.jpg)
-1732682861.jpg)
-1732682861.jpg)
-1732682861.jpg)
-1732682861.jpg)
-1732682860.jpg)
-1732682860.jpg)