काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ।
महानगरपालिकाले दरबार क्षेत्रका टुटेफुटेका र खिएर पातलो भएका ढुंगाहरू फेर्न थालेको महानगरका विभागीय प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिए।
'अहिले भएका कतिपय ढुंगाहरू खिएर खाल्डाखुल्डी भएका छन्,' उनले भने, 'अहिले त्यो हटाएर उन्नत ढुंगा छापेर एकरूपता कायम गर्ने काम भइरहेको छ।'
ढुंगा छाप्ने काम डबलीसम्मका क्षेत्रहरूमा हुने उनले बताए।
अहिले भएका ढुंगाहरू भने बाग दरबारमा प्रयोग हुने जनाइएको छ।
सबै तस्बिहरूः