काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला छेउका भित्ताहरूमा खेल र खेलाडीका चित्रहरू कोरिएका छन्।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा कलाकारहरूले रंगशालाको सडकपेटीको भित्तामा चित्र कोरेका हुन्।
विभिन्न ठाउँमा यस्ता चित्रहरू बनाउन काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानलाई ५० लाख उपलब्ध गराएको ललितकलाका कला संयोजक डिबी भण्डारीले जानकारी दिए ।
यसअघि सुन्धारामा मौलिक चित्र कोरिएको थियो भने कोटेश्वरमा फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) सहित फुटबलको चित्र कोरिएको थियो।
यस्ता कलाले काठमाडौंको सौन्दर्य बढाउने जनाइएको छ।
तस्बिरहरू: