चितवनको उपरदाङगढीबाट वनभोज खाएर फर्किँदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। कालिका नगरपालिकाको पदमपुरस्थित चित्रवन स्कुलको बस दुर्घटनामा परेको हो।
घाइते २२ जना विद्यार्थीको चितवन मेडिकल कलेज भरतपुर र एक शिक्षकसहित ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए। उपचार भइरहेकामध्ये २ विद्यार्थीको अवस्था गम्भीर छ।
कालिका नगरपालिकाको वडा नम्बर ९ मा पर्ने द्रव्यटार भन्ने ठाउँको मोडमा ब्रेक फेल भएर बस दुर्घटना भएको जानकारी पाएको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताए।
चित्रवन स्कुलको म.प्र ०३-००१ क २६७७ नम्बरको बसमा कक्षा ५ देखि १० सम्मका स्काउटमा आवद्ध विद्यार्थी थिए। उपरदाङगढीमा स्काउटको कार्यक्रम सहभागी भई वनभोज खाएर फर्किएको बसमा ३२ जना विद्यार्थी थिए।
चितवन मेडिकल कलेजमा उपचार भइरहेका घाइतेहरू-
१. चितवन कालिका नगरपालिका-३ बस्ने वर्ष १० की एन्जल चौधरी, बाँया खुट्टा र कम्मरमा चोट, अवस्था मध्यम।
२.ऐ.ऐ. बस्ने वर्ष १५ की आयुष्मा कडौला, बाँया खुट्टामा चोट, अवस्था मध्यम।
३.ऐ.ऐ. बस्ने वर्ष ११ का आसुतोष न्यौपाने, निधारमा चोट, अवस्था मध्यम।
४.ऐ.ऐ. बस्ने वर्ष १४ की निजा महतो, बाँया खुट्टामा चोट, अवस्था मध्यम।
५.ऐ.ऐ. बस्ने वर्ष १२ का रेहान महतो, बाँया खुट्टामा चोट, अवस्था मध्यम।
६.ऐ.ऐ. बस्ने वर्ष ११/१२ की अंशु गोले, टाउकोमा भित्री चोट, अवस्था गम्भीर।
७. बस चालक ऐ.ऐ. ४ बस्ने वर्ष ३८ का जितेन्द्र महतो, हात खुट्टा छातिमा चोट, अवस्था मध्यम।
८.ऐ.ऐ. ५ बस्ने वर्ष ११ की आस्था अर्याल, टाउकोमा चोट, अवस्था मध्यम।
९.ऐ.ऐ. २ बस्ने वर्ष १६ का समिर गुरुङ, अनुहारमा चोट, अवस्था मध्यम।
१०.ऐ.ऐ. बस्ने वर्ष १५ का सौगात तामाङ, दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
११. बस सहचालक ऐ.ऐ. बस्ने वर्ष ३९ का गोविन्द पौडेल, ढाडमा चोट, अवस्था मध्यम।
१२.ऐ.ऐ. बस्ने वर्ष १३ की प्राथना श्रेष्ठ, अनुहारमा चोट, अवस्था मध्यम।
१३.ऐ.ऐ. बस्ने वर्ष ११ की रमा आचार्य, अनुहारमा चोट, अवस्था मध्यम।
१४.चितवन ईच्छाकामना गाउँपालिका- ७ सुन्दरबस्ती बस्ने वर्ष ११ की रक्षा थापा मगर, टाउकोमा चोट, अवस्था मध्यम।
१५.चितवन कालिका नगरपालिका-७ बस्ने वर्ष १२ की दिपा कुमाल, अनुहारमा चोट, अवस्था मध्यम।
१६.ऐ.ऐ. ३ बस्ने वर्ष १२ का राजीव बस्नेत, नाकमा चोट, अवस्था मध्यम।
१७.ऐ.ऐ. ४ बस्ने वर्ष १४ की पुर्नीमा लामा, निधारमा चोट, अवस्था सामान्य।
१८.ऐ.ऐ. ५ बस्ने वर्ष ११ की मौसमी गुरुङ, अनुहारमा चोट, अवस्था मध्यम।
१९.ऐ.ऐ. बस्ने वर्ष ११ का सिञ्जल अधिकारी, बाँया हात र खुट्टामा चोट, अवस्था मध्यम।
२०.ऐ.ऐ. बस्ने वर्ष ११ की माया महतो, टाउकोमा चोट, अवस्था मध्यम।
२१.ऐ.ऐ. बस्ने वर्ष ११ का सचिन खतिवडा, दाहिने खुट्टमा चोट, अवस्था मध्यम।
२२.ऐ.ऐ. बस्ने वर्ष १४ का शुभम न्यौपाने, अनुहारमा चोट, अवस्था मध्यम।
पुरानो मेडिकल कलेजमा उपचाररत घाइतेहरुः-
१.चितवन कालिका नगरपालिका-३ बस्ने वर्ष ३२ की साबित्री पोख्रेल, छाती र कम्मरमा चोट, अवस्था मध्यम (शिक्षक)।
२. साबित्री पोख्रेलका छोरा वर्ष ८ का आरम्भ पोख्रेल, शरीरमा भित्री चोट, अवस्था गम्भीर।
३.ऐ.ऐ. बस्ने वर्ष ११ का सार्थक गिरी, टाउको र बाँया हातमा चोट, अवस्था मध्यम।
४.ऐ.ऐ. बस्ने वर्ष ११ की एन्सिका सुनार, टाउकोमा चोट, अवस्था मध्यम।
५.ऐ.ऐ. बस्ने वर्ष ११ की प्रियंका खनाल, बाँया खुट्टामा चोट, अवस्था सामान्य।
६.ऐ.ऐ. बस्ने वर्ष ११ की रितिका राना मगर, दाहिने हातमा चोट, अवस्था सामान्य।