गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे)लाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ल्याइएको छ।
सिआइबीले उनलाई मंगलबार बिहान काठमाडौंको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरेको हो।
उनलाई प्रहरीले मंगलबार नै काठमाडौं जिल्ला अदालतमा बुझाउने छ। अदालत लैजानुअघि उनलाई प्रहरीले स्वास्थ्य परीक्षण गर्नका लागि अस्पताल लैजाँदैछ।
ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।
मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्।
उनी पहिले केही समय जेल बसेर छुटेका थिए।
२०७९ मा मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा उनी मनाङबाट स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए। मनाङे गण्डकीमा पटक–पटक मन्त्री पनि बनेका थिए।
तस्बिरहरू:
-1731390709.jpeg)
-1731390709.jpeg)
-1731390709.jpeg)
-1731390707.jpeg)
-1731390708.jpeg)
-1731390707.jpeg)
-1731395365.jpg)
-1731395365.jpg)
-1731395364.jpg)
-1731395363.jpg)
-1731395362.jpg)
-1731395363.jpg)
-1731395364.jpg)
-1731395362.jpg)
-1731395362.jpg)