जनकपुरसहित देशका विभिन्न स्थानमा आज हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी छठपर्व मनाइँदै छ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ।
जनकपुरको पोखरी तथा जलाशयमा बुधवार रातिदेखि नै श्रद्धालुहरू पुजा सामग्री लिएर घाटमा पुगेका छन्।
तर ग्रामिण भेगमा भने आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्छन्। छठ पर्व भव्य बनाउन दुई साता अघिदेखि नै स्थानीयहरु तयारीमा जुट्छन्।
विशेष सजावटका कारण जनकपुरको छठ चर्चित पनि छ ।
सूर्य भगवानलाई अर्घ्य दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रुपले श्रृंगारिएको छ । मूख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई सजाएर झकिझकाउ बनाइएको छ।
घाटहरुमा लगाइएको झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ । एक हप्ता अगाबैदेखि गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले यस पर्वको रौनक बढाएको छ । पर्वकै नाउँमा भए पनि छठपूजा गर्ने नदी तथा तलाउ सफासुग्घर गर्ने परम्परा पहिलेदेखि विद्यमान रहे पनि अचेल सजावटको लागि स्थानीय यूवा क्लबहरुबीच प्रतिस्पर्धा नै हुन्छ।
तस्बिरहरूः
-ink-1730972248.jpeg)
-ink-1730972249.jpeg)
-ink-1730972249.jpeg)
-ink-1730972248.jpeg)
-ink-1730972248.jpeg)
-ink-1730972248.jpeg)
-ink-1730972248.jpeg)
-ink-1730972247.jpeg)
-ink-1730972247.jpeg)
-ink-1730972247.jpeg)
-ink-1730972247.jpeg)
-ink-1730972246.jpeg)
-ink-1730972246.jpeg)
-ink-1730972246.jpeg)
-ink-1730972246.jpeg)
-ink-1730972246.jpeg)
-ink-1730972246.jpeg)
-ink-1730972245.jpeg)
-ink-1730972245.jpeg)
-ink-1730972245.jpeg)
-ink-1730972245.jpeg)