दाङमा राप्ती नदीले बगाउँदा एक युवतीको मृत्यु भएको छ।
राजपुर गाउँपालिका-३ कालिपुरूवाकी १६ वर्षीया विद्यावती यादवको मृत्यु भएको हो।
बुधबार बेलुका सवा ६ बजे लमही नगरपालिका-८ बाट घर फर्किने क्रममा राप्ती नदीमा भौँसी तार्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा उनको शब बिहीबार बिहान साढे ८ बजे लमही-८ धनपुरूवास्थित राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए।
'बुधबार बेलुका भौँसीमात्र घर पुगेपछि परिवारले खोजीकार्य सुरू गरेका थिए,' डिएसपी थापाले भने।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।