काठमाडौं उपत्यकामा छठको रौनक सुरू भएको छ।
गौरीघाट, गुह्येश्वरी, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी सुरू गरिएको हो।
छठ पूजाका लागि मंगलबार काठमाडौंको गौरीघाटदेखि गुह्येश्वरीसम्म सजाइएको छ। अन्य ठाउँका नदी किनारामा पनि सजाउन थालिएको छ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्छन्।
दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिसाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन्।
तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको बिधिवत समापन हुन्छ।
कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छ।
उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्ट बनाएको तर बुकिङ गर्न आउनेहरूको संख्या तीन सय बढी भइसकेको बताए। साढे तीन सयको संख्यामा राख्न सकिने उनले बताए।
छठ पर्वमा श्रद्धालुहरू सूर्यनारायणको पूजा गर्ने गर्छन्।
गाउँगाउँमा रहेका पोखरीहरूमा समेत छठ पर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ।
तस्बिरहरू: