काठमाडौंको बालुवाटार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गर्ने भनेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
प्रहरीले विभिन्न स्थानमा निषेधित क्षेत्र लेखेर ब्यारिकेड लगाएको छ। ती क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई पनि प्रहरीले सोधपुछ गरिरहेको हो।
रास्वपाका कार्यकर्ताहरू निषेधित क्षेत्रमा प्रवेश गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइरहेको छ। अहिले रास्वपाले बालुवाटारको भाटभटेनी क्षेत्रमा प्रदर्शन गरिरहेको छ।
प्रहरीले अहिलेसम्म १७ जना भन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ।
सहकारीको बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी छ। उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
तस्बिरहरू:
-ink-1730186087.jpeg)
-ink-1730186086.jpeg)
-ink-1730186086.jpeg)
-ink-1730186086.jpeg)
-ink-1730186086.jpeg)
-ink-1730186085.jpeg)
-ink-1730186085.jpeg)
-ink-1730186085.jpeg)
-ink-1730186084.jpeg)
-ink-1730186084.jpeg)
-ink-1730186084.jpeg)
-ink-1730186083.jpeg)
-ink-1730186083.jpeg)
-ink-1730186083.jpeg)
-ink-1730186083.jpeg)