वातावरण ललितपुरमा जोगाउन सांगीतिक कार्यक्रम गरिएको छ।
सोमबार ललितपुरस्थित स्टिल टावरको सभा हलमा विश्व शान्ति र वातावरण जोगाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सुमधुर चेम्बर सङ्गीत र गायन टोलीले वातावरण जोगाउन भन्दै विभिन्न गीत तथा सांकेतिक नृत्य प्रस्तुत गरेका थिए।
वन तथा वातावरण राज्यमन्त्री रूपा विकले युवा पुस्ताले यस्तो जनचेतनामूलक कार्यक्रम गर्नु आफैमा अद्वितीय र सराहनीय भएको बताइन्।
ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आजका युवा वातावरण संरक्षण परोपकार अनि स्वयंसेवामा लाग्नु उदाहरणीय कर्म भएको बताइन्।