कमलादीमा भासिएको सडक बनाउन थालिएको छ।
साउन २५ गते भासिएको सडक ठेक्का प्रक्रियाबाट बनाउन सुरू भएको हो।
भासिएको सडक मर्मत गर्न गत भदौ २९ गते ठेक्का लागेको थियो। सडक मर्मत गर्न काठमाडौंकै डिजी प्रकाश कन्स्ट्रक्सनले ठेक्का पाएको थियो।
ठेक्का लागेको १५ दिनभित्र सम्झौता भई दसैंलगत्तै काम सुरू भएको सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।
'तलबाट ढलान गरेर डन्डी बाँध्ने काम भइरहेको छ। दसैंलगत्तै सुरू भएको हो। काम द्रूत गतिमा भइरहेको छ। ठेकेदार कम्पनीले दुई महिनाभित्र काम सक्छौं भनेका छन्,' उनल भने।
कमलादीमा चार मिटर लम्बाईको बक्स कल्भर्ट बनाइँदैछ।
तस्बिरहरूः