रूपन्देहीमा ३५ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। 
कञ्चन गाउँपालिका-४ बस्ने ४५ वर्षीय निर्मल थापा पक्राउ परेका हुन्। 
उनलाई इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको टोलीले शनिवार साँझ पक्राउ गरेको हो।
थापाले ३५ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।