मोरङको उर्लाबारी नगरपालिका वडा न १ चारघरे भन्ने स्थानबाट उद्धार गरिएको हिउँ चितुवालाई आजदेखि सदर चिडियाखानामा प्रत्यक्ष हेर्न पाइने भएको छ।
सदर चिडियाखाना जावलाखेलले शुक्रबार पहिलो पटक प्रत्यक्ष देखाएको हो।
कञ्चनजंघा क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको उक्त हिउँ चितुवाको 'कञ्चन' नामाकरण सदर चिडियाखानाले जनाएको छ।
करिब १० महिनाअघि मोरङको उर्लाबारीस्थित चारघरेबाट एउटा हिउँ चितुवा (प्यान्थेरा अनसिया) लाई उद्धार गरिएको थियो।
लामो समय लगाएर गरिएको अध्ययनबाट उर्लाबारीमा भेटिएको हिउँ चितुवा बाटो बिराएर तल्लो क्षेत्रतिर झरेको देखिएको थियो।
२३ जनवरी २०२४ बाट उद्धार गरिएको हिउँ चितुवालाई ललितपुरको जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गरेको सदर चिडियाखानामा लगिएको थियो।
यी पनि:
सदर चिडियाखानाको आइसोलेसनमा हिउँचितुवा (तस्बिरहरू)
कसरी पुग्यो मधेसमा हिउँचितुवा?
अध्ययन भन्छ–बाटो बिराएर उर्लाबारी आइपुगेको थियो हिउँ चितुवा