नेपालीहरूको दोस्रो महान् चाड तिहार आउन केही दिन बाँकी छ।
भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय भने पाला बनाउन व्यस्त छन्।
भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायत स्थानका प्रजापति समुदायलाई यतिखेर पालालगायत अन्य सामग्री बनाउन फुर्सदै छैन।
यतिखेर यहाँका करिब ४० घर परिवार कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका देख्न सकिन्छ।
यहाँ उत्पादन भएका पाला भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जमा पठाउने गरिन्छ।
तस्बिरहरू: