काठमाडौं उपत्यकामा नागरिक एपको प्रयोगमार्फत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवाना गराउने अभियान सुरू भएको छ।
अहिले काठमाडौं उपत्यकामा यो परीक्षणको रूपमा सुरू भएको छ।
आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरी सवारी चालकहरूले आफ्नो लाइसेन्स नागरिक एपबाट देखाए पुग्ने घोषणा गरेको हो।
गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभीआरएस) को ई-चलान (डिजिटल चिट)को शुभारम्भ गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि उक्त कार्यक्रममा सहभागी थिए।
यो सेवा सुरू भएसँगै नागरिक एप चलाउनेले आफ्नो सवारी लाइसेन्स फोनबाटै देखाए पुग्ने भएको हो।
कारबाही गर्न ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने क्युआर कोडलाई स्क्यान गरी ट्राफिक प्रहरीले डिजिटल चिट काट्न सक्नेछ।
सिंहदरबार अगाडि लेन मिचेर ट्राफिक नियन्त्रणमा रहेका एक जना युवकलाई गृहमन्त्री लेखकले जरिवाना गराएका छन्।
परीक्षण गर्नको लागि पुग्दा गृहमन्त्री लेखकले नागरिक एप स्क्यान गरी ती युवकलाई जरिवाना तिराएका हुन्।
चिट काटिसकेपछि भुक्तानी भए/नभएको विवरण पनि एपमै उल्लेख हुनेछ।
गृहमन्त्री लेखकले यसरी गरे ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही।
तस्बिरहरू: