काठमाडौं मेडिकल कलेज (केएमसी)का इन्टर्न डाक्टरहरू आन्दोलित भएका छन्।
यसपालि एमबिबिएस अध्ययन पूरा गरी सोही मेडिकल कलेजमा इन्टर्न गरेका डाक्टरहरू अध्ययनताका लिइएको अतिरिक्त शूल्क फिर्ताको माग गर्दै बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलित इन्टर्न डाक्टरहरू सोही मेडिकल कलेजका २०१८ ब्याचका हुन्। के के विषयमा अतिरिक्त शूल्क लिन पाउने/नपाउने भन्नेबारे चिकित्सा शिक्षाले निर्णय गरेर चार/पाँच वर्ष अगाडि नै सर्कुलर गरेको भएपनि आफूहरले अध्ययन गर्दा नियमविपरीत लिएको अतिरिक्त शूल्क अझै फिर्ता नदिएको भन्दै उनीहरूले आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलित इन्टर्न डाक्टरहरू आफूहरू एमबिबिएस पास भइसकेपछि पटकपटक अतिरिक्त शूल्क भनेर मेडिकल कलेजले नियमविपरीत लिएको शूल्क फिर्ता गर्न ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएकाले आन्दोलन गर्नुपरेको बताउँछन्।
'भदौ २० र असोज ६ गते गरी दुईपटक दिएको निवेदनको कुनैपनि लिखित सूचना नआएको हुँदा हामी इन्टर्न डाक्टरहरु नियमित कार्यहरु आज (२०८१/०७/०१) बाट निरन्तर गर्न नसक्ने जानकारी गराउँदछौं,' आन्दोलित डाक्टरको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ।
तस्बिरहरूः