देशमा सर्वत्र शारदीय पर्वको रौनक छ। बडादसैंअन्तर्गत आज मुख्य दिन मान्यजनका हातबाट टीका—जमरा थापिँदैछ।
टीका—जमरा लगाउने शुभ साइत ११:३६ बजेलाई तय गरे पनि आज दिनैभरि यो क्रम जारी रहन्छ। अझ कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका—जमरा लगाउने प्रचलन छ।
तर कतिपय भने शुभ साइत नपर्खी टीकाटालो गरेर विदेशको बाटो तताएका छन्।
अध्ययन तथा अवसरको खोजीमा विदेश जानेहरूको लर्कोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण केही खल्लो र नरमाइलो देखिन्थ्यो।
चाडबाडका बेलामा पनि आफन्त बिदाइ गर्नुपर्दा तथा मान्यजन छाडेर टाढाको यात्रा तय गर्नुपर्दा धेरैका आँखा रसाएका देखिन्थे।
आफन्तसँग अंकमाल गर्दै 'चाँडै भेट्छु है' को भावमा उनीहरूले हात हल्लाइरहेका थिए।
दसैंको टीकाको दिन त्रिभुवन विमानस्थलमा देखिएको दृश्य:


















