अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अष्ट्रेलियामा असोज २७ गते (अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने निर्णय गरे पनि नेपाली समुदायले शनिबार टिका लगाएका छन्।
फरक/फरक दिनमा टिका लगाउनेहरूको चाहना अनुसार अस्ट्रेलिया नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)ले मेलबर्नमा रहेको मन्दिरलाई टीकाको लागि दुवै दिन खुला गर्ने निर्णय पनि गरेको छ।
नेपाली समुदाय बिहानैदेखि जम्मा भएर उक्त मन्दिरका पुजारीसँग टीका लगाइरहेका छन्।
नेपालमा भने टीका लगाउने उत्तम साइट शनिबार बिहान ११ः३६ बजे रहेको छ।


