नेपाली समुदायलाई यतिबेला महान पर्व दसैंले छोपिसकेको छ।
मानिसहरू दसैं मनाउन आ-आफ्नो गाउँघरमा जान राजधानी छोड्ने क्रम चलिरहेको छ।
काठमाडौं उपत्यकामा कर्म गर्न बसेका सम्पूर्ण मानिसहरू आ-आफ्नो गाउँ जाँदा राजमार्गहरूमा यात्रुहरूको चाप बढेको छ।
यतिबेला राजधानी भित्रिने भन्दा बाहिरिने यात्रुहरूको चाप बढी छ।
काठमाडौं छाड्ने मुख्य नाका मानिने नागढुंगा नाका वरपर सवारी चाप बढी देखिन्छ तर ट्राफिक जाम भने त्यति लामो देखिँदैन।
नागढुंगा चेकपोष्ट वरपर बुधबार बिहान पुग्दा घरगाउँ फर्कनेहरूको लर्को लामो नै देखिन्थ्यो। थानकोटदेखि नागढुंगा चेकपोष्ट र त्यस वरपरको क्षेत्रमा देखिएको सवारी साधनहरूको लर्को भने लामै थियो।
केही तस्बिरहरू: