जनकपुरधाममा दसैंको रौनक छाएको छ।
राजदेवी मन्दिरसहित अन्य शक्ति पीठहरू बेहुलीझैँ सजिएका छन्। नवरात्रभर यहाँका शक्तिपीठमा पूजापाठ गर्न भक्तजनको घुइँचो लाग्छ।
जनकपुरधामका रामानन्दचोक, मुरलीचोक, भ्रमरपुराचोक, रजौल, देवीचोक, जानकीचोक, वंशीचोकमा अवस्थित शक्तिपीठलाई झिलिमिली बत्तीसहितले आकर्षक बनाइएको छ।
केही ठाउँमा भव्य प्रतीमाहरू पनि राखिएको छ।
राजदेवी मन्दिर क्षेत्रको सरसजावटमा महावीर युवा कमिटीले विगत वर्षझैँ यसपालि पनि लाखौँ रकम खर्च गरेको छ।
राजा जनकका कुलदेवताका रूपमा प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाएर झिलिमिली बत्ती जडान गरिएको छ।
दसैंमा राम मन्दिरसँगै रहेको राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर आकर्षणको केन्द्र बनेको छ।
तस्बिरहरू:








