‘चेट्!’
शारदीय पर्व दसैं सुरू हुनुभन्दा एक महिना अगाडिदेखि नै बालबालिकाहरूको ओठमा यो शब्द झुन्डिन्छ।
दसैंको जनाउ दिँदै उनीहरूले आकाशमा थरीथरीका चङ्गा उडाउन थाल्छन्। घरका छत तथा खुला ठाउँबाट उनीहरूले चंगा मात्रै उडाउँदैनन्, हावामा कावा खाइरहेका अरूका चंगा चुँडालेर मनोरञ्जन पनि लिन्छन्। कसले कति टाढासम्म चंगा उडाउने मात्रै होइन, उडाउँदाउँदै त्यही चंगालाई जुधाएर चुँडाल्ने प्रतिस्पर्धा नै चल्छ।
यही चंगा जुधाउने क्रियाकलापलाई ‘चेट्’ भनिन्छ।
पछिल्लो समय प्रविधि विस्तार भएसँगै आकाशमा चंगा देखिन कम भएको छ। यसपटक बर्खा लम्बिएकाले पनि आकाशमा चंगा नदेखिएका हुन्।
तर आकाशमा बादल हटेर घाम लाग्न थालेपछि भने बालबालिकाहरूले चंगा उडाउन थालेका छन्। आकाशमा उड्ने चंगाले शारदीय पर्वको उमंगको संकेत दिन पाकाहरू पनि बताउँछन्।
केही तस्बिरहरू :

-1728022287.jpg)
-1728022283.jpg)
-1728022288.jpg)
.-1728022284.jpg)
-1728022288.jpg)
-1728022287.jpg)
-1728022287.jpg)
-1728022287.jpg)
-1728022286.jpg)
-1728022286.jpg)
-1728022286.jpg)
-1728022286.jpg)
-1728022285.jpg)
-1728022285.jpg)
-1728022285.jpg)
-1728022285.jpg)
-1728022284.jpg)
-1728022283.jpg)
-1728022283.jpg)
-1728022283.jpg)
-1728022282.jpg)