झापाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा हामफालेका ५५ वर्षीय पुरूषको शव फेला परेको छ।
शुक्रबार साँझ खोलामा हामफालेका केनालाल राजवंशीको शव शनिबार साँझ सोही खोलाको दुई किलोमिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
उनका अनुसार केनालालकी श्रीमतीले शव पहिचान गरेकी हुन्।