दुई दिनदेखिको अविरल वर्षाले कुलेखानी जलाशय भरिएपछि एउटा ढोका खोलिएको विद्युत प्राधिकरणले जनाएको छ।
एउटा ढोका खोल्दा पनि पानीको सतह १५३१.०६ मिटर नै रहेकाले केहीबेरमा अर्को ढोका खोलिने प्राधिकरणले बताएको छ।
प्राधिकरणका अनुसार रातभरि पूर्ण क्षमतामा तीन वटै विद्युत्गृह सञ्चालनमा ल्याइएको थियो।
तीनवटै प्लान्ट चलाउँदा पनि पानी भरिएकाले शुक्रबार साँझ नै सीमखोला र चखेलबाट आउने स्रोत डाइभर्ट गरिएको थियो।
तै पनि एक घन्टामा ३० देखि ४० सेन्टिमिटरको दरले बढेपछि ढोका खोलिएको हो।
पानीको निकास सिस्नेरी हुँदै बागमतीमा मिसिने हुनाले सतर्कता अपनाउन प्राधिकरणले बताएको छ।