शुक्रबारदेखिको बाढीले बागमती नदीमा बाढी आएको छ।
बाढीले थापाथली र कुपन्डोल आसपासका तटीय क्षेत्र जलमग्न भएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घन्टामा अधिकांश ठाउँहरूमा २ सय मिलमिटरभन्दा बढी पानी परेको छ।
ललितपुरको खुमलटारमा चौबीस घन्टामा २७५ मिलमिटर, लेलेमा २८९ मिलिमिटर, टीकाथलीमा २४२ मिलिमिटर, किर्तिपुरमा २२६ मिलिमिटर, पानीपोखरीमा १९३ मिलिमिटर वर्षा भएको छ।
लगातारको वर्षाका कारण शुक्रबार नै बल्खुको तरकारी बजारमा बाढी पसेको थियो।
अहिले काठमाडौंको सडकहरू पनि जलमग्न छन्। माइतीघर मण्डलस्थित काठमाडौं प्रहरी परिसर नजिकैको सडक जलमग्न हुँदा थापाथलीबाट सिंहदरबारतर्फ जाने सवारी साधनलाई माइतीघर मण्डलबाट डाइभर्ट गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो पनि पानी पर्ने भएकाले सतर्क रहन भनेको छ।
तस्बिरमा हेर्नुस् बागमतीको बाढीः
-ink-1727488073.jpeg)
-ink-1727488073.jpeg)
-ink-1727488073.jpeg)
-ink-1727488073.jpeg)
-ink-1727488071.jpeg)
-ink-1727488072.jpeg)
-ink-1727488071.jpeg)
-ink-1727488072.jpeg)
-ink-1727488071.jpeg)
-ink-1727488071.jpeg)
-ink-1727488070.jpeg)
-ink-1727488070.jpeg)
-ink-1727488069.jpeg)
-ink-1727488070.jpeg)
-ink-1727488069.jpeg)
-ink-1727488070.jpeg)

