कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
बुधबार चट्याङ लागेर दोधारा चाँदनी नगरपालिकामा १ र लालझाडी गाउँपालिकामा १ गरी २ जनाको मृत्यु भएको हो।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय यामबहादुर सुनार र लाझाडी गाउँपालिकाकी २८ वर्षीय हिरामती रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायव प्रहरी उपरीक्षक उमेशप्रसाद जोशीले बताए।
उनका अनुसार रूखमा ओत लाग्ने क्रममा सुनारलाई चट्याङ लागेको थियो भने रानालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकाकै २ जना घाइते पनि भएका छन्। घाइते हुनेमा ३७ वर्षीय जगदिश सुनार र ३० वर्षीय बिक्की सुनार रहेका छन्।