काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरो कार्यालय बाहिरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार अपरान्ह ब्युरोले दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरेपछि उनका समर्थकहरू भोटाहिटीस्थित कार्यालय बाहिर नाराबाजी गरिरहेका थिए।
प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लग्न लागेपछि एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार ४१ वर्षीय सोनाम योन्जन प्रहरीको नियन्त्रणमा छन्।
प्रहरीले प्रसाईंलाई भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अदालततर्फ लगिएको छ।
तस्बिरहरू:
-ink-1727004310.jpeg)
-ink-1727004310.jpeg)
-ink-1727004309.jpeg)
-ink-1727004309.jpeg)
-ink-1727004308.jpeg)
-ink-1727004308.jpeg)
-ink-1727004308.jpeg)
-ink-1727004308.jpeg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी