काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।
इन्द्रजात्राको अवसरमा ५०४ कुमारीको पूजा गरिएको छ।
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्रजात्रा सुरू भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा हो।
महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ। कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ।
तस्बिरहरू: